कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

७ किलो चरेससहित २ जना पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले सात किलो ७७९ ग्राम चरेससहित घोराहीमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्वको भुमे गाउँपालिका ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र भुमे गाउँपालिका ९ घर भई हाल घोराही-१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

७ किलो चरेससहित २ जना पक्राउ

उनीहरूलाई आइतबार राती कामीको कोठाबाट चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । कामीले लुकाइछिपाइ कोठामा चरेस राखेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले प्लास्टिकको बोरामा राखेका १६ पिस चरेसका प्याकेट बरामद गरेको उनले जानकारी दिए ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

प्रकाशित : माघ २४, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?