कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बर्दघाटमा पाटेबाघ मृत फेला 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाटमा पाटेबाघ मृत फेला परेको छ । जिल्लाको बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।

बर्दघाटमा पाटेबाघ मृत फेला 

तस्करीले बाघलाई तारको पासोमा पारेर गोली हानी हत्या गरेको हुन सक्ने गुप्ताले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयले मृत बाघ देखेपछि वन कार्यालयमा खबर गरेका थिए । स्थानीयको खबरपछि नजिकैको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणका सेना, वन कर्मचारी, प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए ।

बाघको घाँटीमा पासो लगाएको डाम र शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । १ सय ५० किलोग्राम बाघ साढे ७ फिट लम्बाई र साढे ३ फिट उचाईको रहेको प्रमुख गुप्ताले बताए ।


प्रकाशित : माघ १५, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×