२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खजुरामा भूमिहीन विपन्न परिवारलाई सामूहिक आवास

रुपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकाले घरबास र भूमिहीन विपन्न परिवारका लागि सामूहिक आवास निर्माण गरेको छ । डेढ बिघा क्षेत्रफल रहेको सरकारी जग्गामा व्यवस्थित आवास निर्माण गरिएको हो ।

खजुरामा भूमिहीन विपन्न परिवारलाई सामूहिक आवास

खजुरा– ३, बी बोरिङमा तयार पारिएको १६ वटा घर शुक्रबार औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई हस्तान्तरण गरियो । शुक्रबार एक कार्यक्रमबीच नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले आश्रित परिवारलाई आवास हस्तान्तरण गरे ।

२१ परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने लक्ष्यसहित गाँउपालिकाले सुरु गरेको सामूहिक आवास गृहको पहिलो चरणमा १६ परिवारलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले ५ वटा निर्माणाधीन रहेको र १६ घर निर्माण भइसकेकाले विपन्न परिवार छनोट भई बस्न थालेको बताए ।

तराई मधेस समृद्धि कार्यक्रमको ७० लाख रुपैयाँ लागतमा १६ घर तयार गरेर घरविहीन परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ। थप घर निर्माणका लागि ४२ लाख लागत अनुमान गरिएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले बताए ।

प्रकाशित : माघ १४, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?