कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस

अमृता अनमोल

बुटवल — मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघले बुटवल शुक्रबार साँझ राँके जुलुस निकालेको छ । 'पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर', 'सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर' लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका हुन् ।

मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा राँके जुलुस

पूर्व-पश्चिम राजमार्गको बसपार्कबाट जुलुस निस्केको थियो । जुलुस मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उनीहरुले प्रदेशदेखि संघसम्मको सरकारले युवा र सर्वसाधारण नागरिकको हितमा काम गर्न नसकेको बताए ।

कोणसभालाई युवा संघ रुपन्देही इन्चार्ज केशव रोका, अध्यक्ष मनोज गौचन, सहइन्चार्ज विकास बस्नेत, सचिव कृष्णबहादुर कुमाललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ १४, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×