कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीमा कोरोना देखिएपछि पाल्पा प्रशासन र तानसेन नगरपालिकाको सेवा बन्द

माधव अर्याल

पाल्पा — कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाको सेवा एक साताका लागि बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार नागरिकता शाखामा काम गर्ने तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो । साथै अरुकेही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोले एक हप्ता सेवा बन्द गर्नु परेको बताइएको छ ।

१४ गते शुक्रबारदेखि २१ गतेसम्म कार्यालयको शान्तिसुरक्षा, विपद्, महामारीजन्य, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली संकलन लगायत कार्यहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

तानसेन नगरपालिकामा ३२ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा २३ जना कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना देखिएपछि एक साताका लागि कार्यालयको सेवा बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले सूचना जारी गर्दै माघ २१ गतेसम्म कार्यालयको अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द भएको जानकारी दिएका छन् । उनका अनुसार कतिपय कर्मचारीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

प्रकाशित : माघ १४, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?