कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीकी महिला पाल्पामा मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैना ३ की जितकुमारी कार्कीको शव पाल्पामा फेला परेको छ । बुधबार साँझ पाल्पाको तिनाउ गाउँपालिकामा भेटिएको शव सैनामैनाबाट बेपत्ता जितकुमारी कार्कीको रहेको खुलेको हो । 

तिनाउ–३ मा रहेको विद्युत् गृहको ड्याम नजिकै तिनाउ नदीमा भेटिएको शव सैनामैना–३ की ७९ वर्षीया कार्कीको भन्दै उनका छोरा चक्रबहादुर कार्कीले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी गराए ।

कार्की गत माघ ७ गते बिहान घरबाट मर्निङ वाकमा निस्केपछि घर फर्किएकी थिइनन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १३, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?