लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित

कान्तिपुर संवाददाता

दाङ — लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ मत ल्याएर विजयी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याएका छन् । महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् । स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।

प्रकाशित : माघ १२, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

संघीय तहमै आउन पाउनुपर्ने कर्मचारीको माग सर्वोच्चद्वारा अस्वीकार, लोक सेवा आयोगलाई नतिजा प्रकाशन गर्न बाटो खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अदालतको आदेशका कारण रोकिएको परीक्षाफल प्रकाशन गर्न लोक सेवा आयोगलाई बाटो खुलेको छ। सर्वोच्च अदालतले बुधबार समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा गएका कर्मचारीले आफूहरू संघीय तहमै आउन पाउनुपर्ने माग गर्दै दायर गरेका रिट निवेदन खारेज गरेसँगै निर्वाचन आयोगलाई अधिकृत तहमा रोकिएका परिक्षाफल प्रकाशन गर्ने बाटो खुलेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले समायोजनमा गएका कर्मचारीलाई संघीय तहमै फर्काउने आदेश जारी गर्न अस्वीकार गरेका हुन् । साथै परीक्षाफल स्थगित भएका कारण प्रभावित भएका परिक्षार्थीहरूले दायर गरेको रिट जारी गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नू भनि लोकसेवा आयोगका नाममा परमादेश दिएको छ ।

समायोजनका क्रममा संघीय तह रोजेका तर सरकारी निर्णयले प्रदेश र स्थानीय तहमा पुगेका अधिकृतहरूले संघीय सरकारले संघ अन्तरगतका दरबन्दी लुकाएर आफूहरूलाई समायोजन गरेको दावी गरेका थिए । त्यसरी लुकाइएका दरबन्दी पूर्ति गर्न संघीय सरकारले लोकसेवा मार्फत् विज्ञापन खुलाएको भन्दै उनीहरूले त्यस्तो विज्ञापन अन्तरगत पदपूर्ति गर्ने कार्य रोकेर आफूहरूलाई संघीय तहमै फर्काउनुपर्ने माग गरेका थिए । यस्तो मागसहितको निवेदनमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले नै लोक सेवा आयोगलाई लिइसकेको परीक्षाको परिक्षाफल प्रकाशन गर्न रोक लगाएको थियो । तर, बुधबार सर्वोच्च अदालतले आफ्ना अन्तरिम आदेशहरूसमेत खारेज गर्दै समायोजित भएका कर्मचारीहरूले त्यहीं काम गर्नुपर्ने र लोकसेवाले विज्ञापनमार्फत् नयाँ पदपूर्ति गर्न पाउने फैसला गरेको छ ।

सर्वोच्च अदालतले समायोजनमा गएका कर्मचारीहरूलाई फराकिलो वृतिविकासको अवसरको सुनिश्चितता, वर्गकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता, अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधन गर्न नीतिगत व्यवस्था गर्न भने निर्देशनात्मक आदेश दिएको छ ।

प्रकाशित : माघ १२, २०७८ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×