कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जबरजस्ती करणीको आरोपमा रुपन्देहीका २ युवा पक्राउ

अमृता अनमोल

बुटवल — जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका १३ पिपराका २० वर्षीय गणेश यादव र २६ वर्षीय सुवास यादव छन् । उनीहरुलाई १९ वर्षीय किशोरी र २२ वर्षीय युवतीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोप छ ।

जबरजस्ती करणीको आरोपमा रुपन्देहीका २ युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दले दुई महिलालाई जबरजस्ती करणी गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय लुम्बिनीले युवतीहरुको उद्धार गरेको थियो ।

अभियुक्तलाई जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको सहायक प्रवक्ता चन्दले बताए ।


प्रकाशित : माघ ८, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?