कर्मचारीलाई कोरोना भएपछि पश्चिम नवलपरासी प्रशासनमा अत्यावश्यक बाहेकका काम बन्द
परासी — जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ६ दिनका लागि आफ्नो सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट माघ ९ गते सम्म कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा बन्द गरीएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।