कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीलाई कोरोना भएपछि पश्चिम नवलपरासी प्रशासनमा अत्यावश्यक बाहेकका काम बन्द

नवीन पौडेल

परासी — जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ६ दिनका लागि आफ्नो सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट माघ ९ गते सम्म कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा बन्द गरीएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

कर्मचारीलाई कोरोना भएपछि पश्चिम नवलपरासी प्रशासनमा अत्यावश्यक बाहेकका काम बन्द

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सेवा स्थगित भएको जनाएको हो । भारतसँग खुला सिमाना जोडिएको पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ ।


नाकामा जाँच नगरी ओहोरदोहोर गर्दा संक्रमणको जोखिम उच्च छ ।


प्रकाशित : माघ ३, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?