१० वर्षे शिक्षा योजना लागू
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बर्दिया — बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![१० वर्षे शिक्षा योजना लागू](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/third-party/teacher-0832020073449-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
उक्त योजनामा एक दशकमा नगरपालिकाको शिक्षा अवस्थाबारे परिकल्पना गरिएको छ । एक दशकमा यहाँका विद्यार्थी अब्बल हुने नगर प्रमुख दुर्गाबहादुर थारुले दाबी गरे । यस योजनाले पालिकाको शैक्षिक गुणस्तर उकास्ने उनको भनाइ छ ।
शिक्षा सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, कक्षाकोठा, फर्निचरलगायत कार्यालय कक्षमा सम्पूर्ण व्यवस्था गरिने भएको छ । विद्यालयमा कुनै कुराको अभाव हुन नदिने शिक्षा योजनामा रहेको छ । यस योजनाको सम्पूर्ण बजेट बारबर्दियाले खर्च गर्ने भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया