१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

बुटवलको डान्स क्लब आगलागीमा ५ करोडको क्षति

अमृता अनमोल

बुटवल — बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लबमा भएको आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले आगलागीपछि क्षतिको प्रारम्भिक विवरण ५ करोड बराबर देखिएको बताए । शनिबार शुभारम्भको तयारीमा रहको क्लबमा शुक्रबार अचानक आगलागी भएको थियो ।

शुक्रबार करिब साढे १२ बजे लागेको आगो साढे २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, देवदह र सैनामैनाका दमलक प्रयोग भएको थियो ।

प्रकाशित : पुस ३०, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?