कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडीमा डस्टबिनको व्यवस्था गर्न पश्चिम नेपाल बस व्यवसायीको निर्देशन

सन्जु पौडेल

तिलोत्तमा — पश्चिम नेपाल बस व्यवसायी प्रालिले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, सहयोगी तथा शाखा इञ्चार्जहरूलाई गाडीभित्र अनिवार्य रुपमा डस्टबिनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

तिलोत्तमा नगरपालिकाको पत्रअनुसार प्रालिले गाडीमा निस्कने फोहोरमैला डस्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देशन दिएको हो ।

प्रालिले यात्रुहरूलाई पानीका खाली बोत्तल, कागज, प्लास्टिक वा अन्य फोहोरहरू बाटोमा फाल्न नदिन व्यवसायी, चालक, परिचालक, सहयोगीहरूलाई निर्देशन दिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उप-प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकायद्वारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारबाही गरिने प्रालिद्वारा जारी निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले प्रालि मातहत सञ्चालित बसहरूमा अनिवार्य रुपमा डस्टबिनको व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरका कारण सडकमा प्रदुषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायीलगायतका यातायात संघसंस्थालाई आवश्यक सहयोगका लागि आग्रह गरिएको थियो ।

तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाइ हुँदै आएको छ भने टोल विकास संस्थाहरूले आ-आफ्नो अनुकूलताका आधारमा शनिबार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाइ गर्दै आएका छन् ।


प्रकाशित : पुस ३०, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?