कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा

सन्जु पौडेल

तिलोत्तमा — माघे संक्रान्तिको अवसर पारेर लुम्बिनी प्रदेशले शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति पारी लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लुम्बिनीमा संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा

प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएकाले त्यसलाई यथावत् राख्दै यस वर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

विगतमा प्रदेश सरकारको तर्फबाट पुस अन्तिम दिन प्रदेश सरकारको तर्फबाट सांस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गर्ने गरिएकोमा यस पटक भने कोरोना संक्रमणका कारण सो कार्यक्रम स्थगित भएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?