कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा निर्माणाधीन भवनमा आगलागी

अमृता अनमोल

बुटवल — शुक्रबार एक क्लबको निर्माणाधीन भवनमा आगलागी भएको छ ।

बुटवलमा निर्माणाधीन भवनमा आगलागी

बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज नजिकै 'प्लान बी डान्स क्लब'को बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो ।

आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको छ । तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?