कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माधव ढुंगाना

भैरहवा — बुद्धचोकमा शुक्रबार भारतीय मालबाहक ट्रकको ठक्करबाट एक मोटरसाइकल यात्रुको ज्यान गएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, भैरहवाबाट भन्सार नाका हुँदै भारततर्फ जाँदै गरेको युपी ४२ एटी ४३५२ नम्बरको भारतीय मालबाहक ट्रकले अगाडि रहेको लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।


मृतकको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ । मृतकको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ ।


प्रकाशित : पुस ३०, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?