कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा १८ वर्षमाथिका ५६ प्रतिशतले पाए खोपको पूर्ण मात्रा

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशमा हालसम्म १८ वर्षमाथिका ५६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।संख्याका हिसाबले १८ लाख ९८ हजार २ सय ४३ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लुम्बिनीमा १८ वर्षमाथिका ५६ प्रतिशतले पाए खोपको पूर्ण मात्रा

यस्तै १२ वर्षमाथिका ७८ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । संख्याका हिसाबले यो ३१ लाख ७८ हजार हो ।

कोरोना संक्रमण बढेलगत्तै पहिले बेवास्ता गरेका नागरिकसमेत अहिले खोपप्रति आकर्षित भएका छन् । खोप केन्द्रहरुमा कोरोनाविरुद्ध खोप लगाउने बढेका छन् ।

लुम्बिनी प्रदेश सरकारले आफू मातहतका स्वास्थ्य कार्यालयको समन्वयमा हरेक स्थानीय तहका वडावडासम्म खोपको व्यवस्था गरेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए । धेरै जनसंख्या खोप लगाउनबाटै छुटेकाले खोपमा पहुँच पुर्‍याउनुका साथै जटिल बिरामी हुनसक्ने अनुमानमा अस्पताल व्यवस्थापनमा ध्यान दिएको उनको भनाइ छ ।

प्रकाशित : पुस ३०, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?