कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित ३ पक्राउ

भैरहवा — लागूऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा रुपन्देही प्रहरीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्लाको नौतनवा निवासी २० वर्षीय शाहवाज आलम, ३० वर्षीय रहमत अलि र बुटवल उपमहानगरपालिका–६ निवासी ४८ वर्षीय भीम गुरुङ छन् ।

लागूऔषधसहित ३ पक्राउ

उनीहरूको साथबाट ब्राउन सुगर ३ ग्राम ८ सय ५० मिलिग्राम, निट्राभेट १० ट्याबलेटलगायत १६ हजार नगद र ६ वटा मोबाइल बरामद गरेको रुपन्देहीका डीएसपी तथा प्रवक्ता नवरत्न पौडेलले बताए । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीलले बुधबार साँझ तिलोत्तमा नगरपालिकास्थित भलवारीबाट उनीहरूलाई पक्राउ गरेको हो ।


प्रकाशित : पुस २८, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?