लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लुम्बिनी — लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन आउनेको घुइँचो लागेको छ । शनिबार लुम्बिनीको मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/1-01011-1-new-yearmanoj-photo1-0212022050423-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
शनिबार मात्रै १२ हजारभन्दा बढी पर्यटकले मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । मन्दिर प्रवेशमा भीडका कारण केही पयर्टक बाहिरफेर घुमेर फर्किएको उनले सुनाए । कठ्याग्रिँदो चिसो भए पनि शनिबार बिहानदेखि अबर रातीसम्मै घुम्नेको भीड थियो । ‘चिसोले निकै सकस भएको थियो,’ दाङबाट आएका राजेन्द्र भुसालले भने, ‘तर, यहाँको वातावरणले दुःखकष्ट सबै भुलायो ।’
मायादेवी मन्दिर प्रवेशमा कोषले शुल्क लिए पनि गेटमा न सेनिटाइजर थियो, न त ज्वरो नाप्ने व्यवस्था नै । ‘नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेकाले सतर्कता अपनाउनुपर्ने हो,’ पथ प्रदर्शक प्रह्लाद यादवले भने । घुम्न आउनेको चापले व्यापार राम्रो भएको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)