कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राउन सुगरसहित पाँच पक्राउ

रासस

दाङ — दाङको तुलसीपुरमा ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा तीन महिला र दुई पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँका २९ वर्षीया रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर–७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् । उनीहरूको साथबाट पाँच ग्राम ७१० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

प्रकाशित : पुस १७, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?