२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । शनिबार दिउँसो नदीपुरस्थित प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 

उनले २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै अर्को बुँदा लगाएर सरकारले विश्वासको मत पुन: लिनुपर्ने अवस्था आएको बताए ।

'अस्थिरताका वाहक हुने कि स्थायित्वको संवाहक हुने ? भन्ने प्रश्न यतिबेला उठेको छ,' उनले भने, 'केन्द्रको छाया नभई एकबद्ध भएर लड्नुपर्छ भन्ने जवाफ खोज्नुपर्छ ।' उनले अस्थिरता कसले निम्त्याएको छ भन्ने प्रस्ट देखिएकाले जवाफ दिनुपर्ने समय आएको बताए ।

प्रकाशित : वैशाख ९, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?