कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलामे पासोमा चितुवा 

प्रताप रानामगर

दमाैली — तनहुँको व्यास  नगरपालिका–९ बिर्तामा थापिएको पासोमा बुधबार राति एउटा चितुवा परेको छ । 

फलामे पासोमा चितुवा 

अन्दाजी ४/५ वर्षको ३० केजी तौल भएको पोथी चितुवा पासोमा परेको डिभिजन वन कार्यालय तनहुँका साहयक वन अधिकृत बाबुराम उप्रेतीले बताए । उक्त चितुवा चितवन राष्ट्रिय निकुन्जमा पठाउने तयारी गरिएको छ । ‘बिर्ता क्षेत्रमा बाख्रा खाएको गनुासो किसानले गरे’, उनले भने, ‘त्यसैले डिभिजन वनले फलामे खोर पासो थापेका हौँ ।’


आधा दर्जन बढी बाख्रा चितुवाले खाएको छ । १५ दिन अगाडि थापेको पासोमा पोथी चितुवा परेको हो । उक्त वन क्षेत्रमा धेरै चितुवा हुन सक्ने भएकाले फलामे खोर पासो पुनः थापेको उनले बताए ।

प्रकाशित : पुस १०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?