कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ बुँदे घोषणपत्र जारी गर्दै सकियो प्रदेश सभामुखहरुकाे भेला

प्रतीक्षा काफ्ले

कास्की — सात प्रदेशका सभामुख र उपसभामुखहरुको भेला ५ बुँदे घोषणपत्र जारी गर्दै आइतबार सकिएको छ । चार दिनसम्म चलेको भेलाले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकुमारी दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको उपस्थितिमा घोषणपत्र जारी गरेको हो ।

५ बुँदे घोषणपत्र जारी गर्दै सकियो प्रदेश सभामुखहरुकाे भेला

जारी घोषणापत्रमा अन्तर प्रदेशसभा अनुभव आदान प्रदान गर्ने, सभाहरुबीच पारस्परिक सिकाई, साझा सवालहरुको पहिचान तथा निरुपणका लागि मतैक्यका निर्माण गर्ने सभाका काम कारवाहीलाई थप प्रभावकारी बनाउने उल्लेख छ ।


त्यस्तै संघीय संसद राष्ट्रियसभाको समन्वय र संयोजनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिर्ने, संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको सन्दर्भमा संघीय संसद र प्रदेशसभाबीच नियमित तथा प्रभावकारी समन्वयका लागि उपयुक्त कानुनी व्यवस्था गर्न संघीय संसदसंग संवाद तथा परामर्श गर्ने उल्लेख छ ।


प्रदेशसभा भवन निर्माणका लागि जग्गा प्राप्तिमा रहेको समस्या समाधान गर्न आवश्यक पहल गर्ने, सभा भवन अत्याधुनिक तथा प्रविधिमैत्री बनाउने, प्रदेश कार्यपालिकालाई व्यवस्थापिकामार्फत जनताप्रति अझ बढी जवाफदेही र उत्तरदायी बनाउन आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका खेल्ने घोषणापत्रमा उल्लेख छ ।


गण्डकी प्रदेशसभा सचिवालयले आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखको सहभागिता थियो ।

प्रकाशित : मंसिर २२, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?