कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ किलो चरेससहित दुई पक्राउ

प्रकाश बराल

बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङले ५ किलो चरेससहित पक्राउ परेका दुई जनालाई आइतबार सार्वजनिक गरेको छ । 

शुक्रबार बुर्तिबाङ इलाका प्रहरी कार्यालयले निसीखोला गाउँपालिका ६ सिपका २५ वर्षीय रामबहादुर साउथोकी र उनकै भाञ्जी नाता पर्ने ३० वर्षीया भाइकला बुढालाई प्रहरीले पक्राउ गरेको थियो । आफूसँग रहेको चरेस बेच्न ग्राहक खोजिरहेको समयमा उनीहरु पक्राउ परेका प्रहरीको भनाइ छ ।

उनीहरुलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?