कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी पर्यटक होटलमा मृत फेला

आश गुरुङ

लमजुङ — माथिल्लो मनाङ क्षेत्रको मनाङ ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँको एक होटलमा पर्यटक मृत अवस्थामा भेटिएका छन् ।

जापानी पर्यटक होटलमा मृत फेला

डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी शनिबार बिहान ८ बजेतिर आएपछि घटनास्थल खटि गएको र शवलाई पोष्टमार्टमको लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको उनले बताए ।


मनाङ गाउँ समुद्री सतहदेखि ३ हजार ५ सय १९ मिटर उचाइमा छ ।


शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए । होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार २ जना पतिपत्नि घुम्न आएको र पत्निको मृत्यु भएको बताए । मृत्युको कारण खुल्न नसकेको एक्याप र प्रहरी दुवैले बताएको छ । ती पर्यटकमा दीर्घ रोग समेत केही नरहेको र उनी बिरामी समेत नरहेको उनका पतिबाट जानकारी पाएको प्रहरीले बताएको छ ।


२ दिनयता मनाङमै रहेका पतिपत्नि दुवैजना कुनै पथ प्रदर्शक तथा भरिया बिना नै घुम्न आएको बुझिएको छ । ‘भरिया र गाइड कोही पनि साथमा नआउँदा पर्यटक स्वयंलाई समस्या पर्न सक्छ’ तिरुवाले भने, ‘जति अध्ययन गरेर आएपनि उनीहरुको साथमा नेपाली हुनु र नहुनुमा धेरै फरक पर्छ ।’

प्रकाशित : मंसिर २१, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?