कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वायत्त तिब्बतका मुख्यमन्त्री पोखरामा 

प्रतीक्षा काफ्ले

पोखरा — भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले गण्डकी प्रदेश र नेपाल सरकारको विशेष निमन्त्रणामा चीनको स्वशासित क्षेत्र तिब्बतका प्रमुख चे दाला पोखरा आएका छन् । दालासहित १६ जना चिनियाँ टोली सोमबार पोखरा आएको हो ।

स्वायत्त तिब्बतका मुख्यमन्त्री पोखरामा 

मंगलबार दालाले पोखराको सराङ्कोट पुगरे प्याराग्लाइडिङको अवलोकन गरे । सराङ्कोटबाट देखिने हिमालको दृश्यालोकन गर्दै उनी प्याराग्लाइडिङ र फेवातालमा रमाएका थिए । डेढ घण्टासम्म फेवातालमा डुंगा सयर गरेका मुख्यमन्त्री दालालाई पोखराको लेकसाइडमा ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।


गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत र प्रदेशसभा सदस्य राजीव पहारीले स्वागत गर्दै पोखरा घुमाएका थिए । ‘हाम्रो निमन्त्रणा स्वीकार गरेर भ्रमण वर्ष मनाउनकै लागि नेपाल आउनु भएको हो । सोही क्रममा पोखरा पनि आउनुभएको हो,’ प्रदेशसभा सदस्य पहारीले भने । पहारीका अनुसार चीन र नेपालको दुई प्रदेश प्रमुखले मंगलबार साँझ भेटवार्तासमेत गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले दालालाई गण्डकी प्रदेशबारे जानकारी गराएका थिए । सोही क्रममा दुई प्रदेशबीचको मित्रता र सहकार्य कसरी गर्ने भन्ने विषयमा पनि छलफल चलेको पहारीले कान्तिपुरलाई जानकारी दिए ।


भेटवार्ताको क्रममा तिब्बतका मुख्यमन्त्री दालाले दुई प्रदेशबीच सहकार्य गर्न आफू पनि इच्छुक रहेको बताएका छन् । उनले गण्डकीलाई आफूले सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित : मंसिर १७, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?