कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई पसलमा आगलागी

नारायण शर्मा

(नवलपरासी) — महेन्द्र राजमार्गअन्तर्गत शाश्वतधाम अगाडिका २ वटा पसलमा मंगलबार मध्याह्न आगलागी भएको छ । 

दुई पसलमा आगलागी

देवचुली नगरपालिका २ का तुलसी महतोको किराना पसल र सँगैका केके मोटरसाइकल अटो सर्भिस ग्यारेजमा एकैपटक आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।


चितवन र कावासोती नगरपालिकाको दम्कल र स्थानीयको सहयोगमा आगो निभाइएको छ ।


विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।


प्रकाशित : मंसिर १७, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?