कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौदीकालीमा नेकपा विजयी  

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर ५ को अध्यक्षकालागि सम्पन्न निर्वाचनमा नेकपाका खिमबहादुर खरुमगर विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारी अनुसार खिमबहादुरले ३६७ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका तुल बहादुर राना अनिलले २३१ मतमा चित्त बुझाएका छन । त्यसैगरि समाजवादीका पितम रानाले ७ मत ल्याएका छन् । यसअघिको निर्वाचनमा पनि तत्कालिन एमाले विजयी भएको थियो ।


कूल ८५३ मतदाता रहेको बोबोक गाउँमा ६१५ मत खसेको थियो । मतदान गर्नेमा ३५८ जना महिला र २५७ पुरुष मतदाता थिए ।


प्रकाशित : मंसिर १४, २०७६ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?