कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षको गाडीमा बम विस्फोट

दीपक परियार

(पोखरा) — प्रतिनिधिसभा उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ को पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिव आचार्यको गाडीमा बम विस्फोट भएको छ । पोखरा–१७ विरौटामा घरमै पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको गाडीमा सोमबार बम विस्फोट भएको हो ।

विहान झण्डै २ बजे अज्ञात समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । बम विस्फोट गराउनेको खोजी भइरहेको उनले जनाए । बम विस्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ ।


आचार्यले राति सुतिरहेका अवस्थामा ठूलो आवाज आएपछि बाहिर निस्किएर हेर्दा आफ्नै गाडी बम पड्किएको थाह पाएको बताए । उपनिर्वाचनलाई लक्षित गरी चन्द समूहले बम पड्काएको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर ९, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?