कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश प्रमुख र चिनियाँ राजदूतबीच भेट

कास्की — चिनियाँ राजदूत हाउ योङकुईले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग मंगलबार भेटघाट गरेकी छन् । शेरचनको निवासमा पुगेर उनले दुई देशका विभिन्न सहरबीच भगिनी सम्बन्धका साथै प्रदेश र चीनका नाकाबारे छलफल गरेकी थिइन् । 

५ जनाको टोलीसहित मंगलबार पोखरा आइपुगेकी उनी चिनियाँको लगानीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन पनि गरेको प्रदेश प्रमुख कार्यालयका उपसचिव विश्वप्रकाश न्योपानेले बताए । उनका अनुसार राजदूतले प्रदेशमा निर्माणाधीन अरू आयोजनाको समेत अवलोकन गर्ने शेरचनलाई जानकारी गराइन् । साथै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि उनको भेटघाटको कार्यक्रम रहेको छ । गण्डकी प्रदेशमा पहिलोपटक आएकी उनी ३ दिनसम्म रहनेछिन् ।


प्रकाशित : मंसिर ४, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?