कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिरमा फूलको डोली

कात्तिक, मंसिर र माघ महिनाको प्रत्येक साताको मंगलबार दर्शनार्थीको भीड लाग्ने यस मन्दिरमा आफूले कामना गरेको भाकल पूरा भएपछि बाजागाजासहित डोली चढाउन भक्तजन मन्दिर पुग्छन्
कान्तिपुर संवाददाता

(तनहुँ) — जिल्लाको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा स्थानीयले फूलको डोली लिएर आउने गरेका छन् । उनीहरूको आफ्नो भाकल, प्रार्थना पूरा भएपछि डोली ल्याउने गरेका हुन् । 

मन्दिरमा फूलको डोली

मानिसलाई अप्ठ्यारो पर्दार् चोखो भएर भगवान्लाई सम्झियौ भने सबै दु:ख व्यथा हट्ने भानु–१३ मिर्लुङस्थित टुटेपानीका होमबहादुर गुरुङले बताए । ‘थानीमाई देवीसँग मागेको सबै कुरा पूरा हुन्छ, ’ उनले भने, ‘मैले पनि मनोकांक्षा पूरा भएकाले फूलको डोली लिएर आएको छु ।’


मन्दिरमा महिनाको अन्तिम मंगलबार फूलको डोली लिएर आएको गुरुङले बताए । मन्दिरको धेरै महिमा सुनेर दर्शनका लागि आएको कृष्णपुरी–७ भरतपुरकी देवी खड्का बताउँछिन् ।


विशेषगरी कात्तिक, मंसिर र माघ महिनाको प्रत्येक साताको मंगलबार दर्शनार्थीको भीड लाग्ने यस मन्दिरमा आफूले चिताएको र कामना गरेको भाकल पूरा भएपछि बाजागाजासहित फूलको डोली चढाउन भक्तजन मन्दिर पुग्छन् । थानीमाईले बली नलिने हुनले देवीलाई फूलको तोरन र फूल अक्षताले मात्र पुज्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापामगर बताउँछन् । मंगलबार ९१ डोली फूल मन्दिरमा चढाइएको छ भने १० हजार ८ सय ९० भक्तजनले मन्दिरको दर्शन गरेका छन् । यस्तै, भक्तजनले यस मन्दिरमा सोमबार रातभर जाग्रम बसी बत्ती बाल्ने पनि गर्छन् । सोमबार राति मात्रै ४ सय ९१ जनाले मन्दिर परिसरमा बत्ती बालेर जाग्राम बसेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?