कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिविरमा २४४ को उपचार

कान्तिपुर संवाददाता

बागलुङ — गलकोट नगरपालिका–७ मा सञ्चालित नि:शुल्क आँखा शिविरमा २ सय ४४ जनाको उपचार गरिएको छ । स्थानीय सामाजिक संस्था घुम्टे युवा परिवार र वडा कार्यालयले शिविर सञ्चालन गरेको हो । 

गलकोट अप्टिकल आँखा उपचार केन्द्रले शिविरमा प्राविधिक सहयोग गरेको हो । तीमध्ये १८ जनाको मोतियाबिन्दु शल्यक्रियाका लागि पठाइएको छ । २ जनामा जलविन्दु भएकाले उपचारमा पठाइएको छ ।


शिविरका लागि जापानमा बसेका युवाले नगदसमेत सहयोग गरेको समाजका अध्यक्ष थमन थापाले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?