कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फौजी किरा नियन्त्रणमा

कान्तिपुर संवाददाता

गण्डकी — स्याङ्जाको गल्याङ नगरपालिकामा लगाइएको बेमौसमी मकै खेतीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ । नगरपालिकाको कृषि प्राविधिकको पहलमा किराको प्रकोप नियन्त्रणमा आएको हो ।

फौजी किरा नियन्त्रणमा

नगरपालिकाका कृषि शाखा प्रमुख शिब ढकालले मकैका बोट कलिलै अवस्थामा भएकाले किरा नियन्त्रण गर्न सकिएको बताए । असोज २३ मा प्रकोपबारे पत्ता लागेको थियो । फौजी किराको पहिचानपछि नियन्त्रण थालिएको थियो ।


नगरपालिकाका कृषि प्राविधिक गिरिराज रेग्मी र सविता पाण्डेले किटनासक विषादी प्रयोग गरेर मकैमा देखिएको फौजी किरा नियन्त्रण गरेका हुन् । आगामी वर्ष ‘पुस एण्ड पुल’ पद्दतिबाट मकै लगाई रोग लाग्न नदिने व्यवस्था गरिने उनले बताए । ढकालका अनुसार पुस एण्ड पुल सिद्धान्त अनुसार नेपियर र डेस्मोडीयम घाँस प्रयोग गरि किरा नियन्त्रण गरिने छ ।


ढकाल भन्छन्, ‘मकैको बिचमा डेस्मोडिएम घाँस र वरपर नेपिएर घाँस लगाउने प्रविधि हुन्छ । जसमा डेस्मोडिएम घाँसको गन्धले किरा मकैबाट पर भाग्छ र वरपर लगाएको नेपिएर घाँसमा अन्डा पार्छ । यसरि मकैमा किराको प्रकोप कम हुन्छ ।’


यसैगरी गल्याङ–७ छाम्माटेमा किसानले लगाएको धानबालीमा देखिएको फौजी किरा पनि नियन्त्रण गरिएको छ । कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा दिएको गल्याङ नगरपालिकाले किसानको समस्या समाधानका लागि दक्ष कृषि प्राविधिक तथा पशु प्राविधिकको व्यवस्था गरेको बताएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?