कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी पर्यटकको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका-४ मा भएको मोटरसाइकल दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नेदरल्यान्डका ६२ वर्षीय ज्याकब बोटटिम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जनाएका छन् । प्रहरीकाअनुसार शुक्रबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३-०२००५ प ७६०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारक्रममा ज्याकबको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक १५, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?