कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

आलुमा आत्मनिर्भर

जिल्लामा १२ हजार २ सय २४ टन आलु उत्पादन हुनेमा ९ हजार १ सय २३ मात्रै खपत
हरिराम उप्रेती

गोरखा — आलु उत्पादनमा जिल्ला आत्मनिर्भर बनेको छ । जिल्लामा वार्षिक २१ हजार ३ सय ४७ टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।जिल्लावासीलाई ९ हजार १ सय २३ टन आलु भए पर्याप्त हुने केन्द्रकी प्रमुख मनिता थापाले बताइन् । ‘बाँकी १२ हजार २ सय २४ टन आलु वढी उत्पादन हुन्छ, वढी भएको उत्पादन जिल्ला वाहिर विक्रिका लागी पठाइन्छ,’ उनले भनिन् ।

आलुमा आत्मनिर्भर

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश स्थानीयवासी आलु खेतीमा संलग्न छन् । धार्चे गाउपालिकाको गुम्दा गाउँमा मात्र अढाइ सय स्थानीयले आलु खेती गर्दै आएका छन् । धार्चेका लाप्राक, गुम्दा, लापु, तथा चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँका स्थानीयले आलु खेती गर्छन् ।

‘एक घरले कम्तीमा १५ मुरीसम्म आलु उत्पादन गर्छन्,’ धार्चेका माइला गुरुङले भने, ‘आलु बेचेर चामल किन्ने हो ।’ लेकको आलु तल्लो क्षेत्रका स्थानीयले खरिदमा पनि रुचि राख्ने उनले बताए । आलु वेचेर चामल, नुन, तेललगायतका उपभोग्य सामग्री खरिद गर्ने उनको भनाइ छ । उत्तरी गोरखाका स्थानीय मुख्य खाद्य बालीका रूपमा गहुँ, जौ, आलु खेती गर्ने गर्छन् । उक्त क्षेत्रमा धान खेती नहुँदा तल्लो क्षेत्रबाट चामल ढुवानी गर्नुको विकल्प छैन । तल्लो क्षेत्रअन्तर्गत दरौदी, चेपे, भुसन्डे फाँटमा पनि आलुको उत्पादन हुँदै आएको छ । ‘पछिल्लो समय व्यावसायिक खेती गर्ने किसान पनि बढेका छन्,’ थापाले भनिन्, ‘आफ्नो परिवारलाई पुग्ने आलु केही किसानले आफैं उत्पादन गर्छन् ।’

तरकारीमा जिल्ला आत्मनिर्भर रहेको उनले बताइन् । २८ हजार १ सय ९६ टन तरकारी आवश्यक रहे पनि यहाँ वार्षिक ३१ हजार ८ सय ९७ टन तरकारी र आलु उत्पादन हुँदै आएको छ । ‘३ हजार ७ सय १ टन तरकारी र आलु यहाँबाट वार्षिक रूपमा निर्यात हुन्छ,’ उनले भनिन् । जिल्लाको घ्याल्चोकलगायत गाउँ तरकारी खेतीको पकेट क्षेत्रको रूपमा परिचित छन् ।
भूकम्पपछि खाद्यन्न उत्पादन भने घटेको थापाले बताइन् । यसले खाद्य संकटको जोखिम वढ्ने देखाउछ । ‘चुमनुब्री, धार्चे, वारपाक सुलिकोट गाउँपालिकामा बसाइसराइ गर्ने क्रम बढेको छ,’ उनले भनिन्, ‘यसो हँुदा खेतीयोग्य जमिन वाँझो छ, यसले उत्पादनमा असर गर्‍यो ।’


गत आर्थिक वर्ष ४५ हजार टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । मकै ४१ हजार, गहुँ ७ हजार २ सय ३५, कोदो १४ हजार ३ सय र फाँपर ३ सय ९८ टन उत्पादन भएको कार्यालय प्रमुख थापाले बताइन् ।


जिल्लाका २ लाख ९३ हजार जनसंख्यालाई आधार मानेर केन्द्रले तथ्यांक निकालेको हो । खाद्यवाली प्रशोधनपछिको परिमाणलाई खानयोग्य सामग्रीको रूपमा लिइएको छ । यहाँ गत आर्थिक वर्ष ४७ हजार ६ सय ५ टन खाद्यान्न उत्पादन रहेको उनले बताइन् । ‘चामल, मकैको च्याङ्ख्ला, कोदोको पिठोलगायतका खानयोग्य खाद्यान्नको उत्पादन ४ हजार १ सय ६७ टन अपुग छ,’ उनले भनिन्, ‘आयात गरेर अपुग परिमाणको भरथेग भएको छ ।’ ५१ हजार ७ सय ७२ टन खाद्यान्न वार्षिक रूपमा आवश्यक रहेको उनले बताइन् ।


दालबालीमा पनि यहाँ मागभन्दा कम उत्पादन हुने केन्द्रले जनाएको छ । २ हजार ९ सय ८४ मेट्रिक टन दाल उत्पादन हुदै आएको उनले बताइन् । दाल वार्षिक ५ हजार २ सय २१ टन आवश्यक पर्ने देखिएको छ । २ हजार २ सय ३७ टन दाल अपुग रहेको कार्यालयले जनाएको छ । ३ हजार ३ सय २३ टन तेलहन वाली आवश्यक परे पनि ६ सय १८ टनमात्र उत्पादन रहेको उनले सुनाइन् । ‘तेलहन २ हजार ७ सय ५ टन अपुग देखिन्छ,’ उनले भनिन् ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?