कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस कार्यकर्ताको नेतालाई सुझाव : गुट उपगुटको अन्त्य गर्नुस्

हरिराम उप्रेती

गोरखा — गुट उपगुटको अन्त्य गरी एकताबद्घ भएर अघि बढ्न कांग्रेस कार्यकर्ताले नेताहरुलाई सुझाएका छन् । कांग्रेस गोरखाले भदौ २४ देखि सुरु गरेको जागरण अभियानमा सहभागी कार्यकर्ताले पार्टीलाई सृदढ बनाउन पार्टीभित्रै एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।

कांग्रेस कार्यकर्ताको नेतालाई सुझाव : गुट उपगुटको अन्त्य गर्नुस्

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र जनताबीच समन्वयको अभाव देखिएकोसम्म गुनासो राखेका छन् । नेता कार्यकर्ताले आफ्नो दायित्व भुल्न नहुने कांग्रेस नेता घिरन थापाले बताए । उनले विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्ने आग्रह गरे ।


विचार नमिल्ने दलसँग चुनावी तालमेल गर्नु दुर्भाग्य रहेको पनि जागरण अभियानमा आएका नेता समक्ष कार्यकर्ताले गुनासो गरेका छन् ।


‘हामी एक्लै चुनाव लडेर जित्न सक्छौँ,’ कांगेस कार्यकर्ता ऋषिराम अर्यालले भने,‘तर पार्टीभित्र गुट हुनु भएन, वैमनस्यता त्याग्नुपर्‍यो ।’


महाधिवशेन समयमा गर्न पनि कार्यकताले नेतृत्व समक्ष माग गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?