कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दका कार्यकर्ता पक्राउ

गोरखा — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता चिनकाजी बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–३ हर्मीस्थित वयापानीबाट उनलाई नियन्त्रणमा लिएको एसपी ओम अधिकारीले बताए । 

बिक नेकपाको जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष हुन् । उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान पक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।


प्रकाशित : आश्विन १, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?