कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रसर उद्योग पार्किङ गरिएका ३ स्काभेटरमा आगजनी

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–५ बगुवाखोलास्थित क्रसर उद्योग क्षेत्रमा पार्किङ गरी राखिएका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । 

क्रसर उद्योग पार्किङ गरिएका ३ स्काभेटरमा आगजनी

बिहीबार बिहान ३ बजेतिर निर्माण ब्यवसायी नारायण जिसीको बिएन कन्ट्रक्सनका स्काभेटरमा आगजनी गरिएको हो ।


घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिन अघि नेत्रविक्रम चन्द समूहको जिल्ला जनपरिषद् म्याग्दीले ‘जथाभावी नदीजन्य पदार्थ उत्खनन गरी नदी दोहन गर्ने काम नरोके कारवाही गर्ने’ भन्दै कालो ब्यानर टाँगेका थिए ।


‘तीनवटा स्काभेटरमा आगोलागी भएको खबर पाएपछि राति नै प्रहरी पुगेर आगो नियन्त्रणमा लिएको हो । सबै मेशिनका इन्जिन समेत जलेका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रप्रसाद मरासिनीले भने, ‘घटनाको कारण र आगो लगाउने पक्ष पत्ता लगाउन छानबिन गरिरहेका छौं ।’


साबिक नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य तथा एमाले बेनी नगर कमिटीका अध्यक्ष रहेका व्यवसायी जिसी निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष हुन । यस अघि पनि अज्ञात समूहले जिसीको क्रसर उद्योगका ट्रिपर र जेसिबी समेतका उपकरणमा दुई पटक आगो लगाएको थियो ।


‘हालसम्म कसैले पनि मलाई भेटेर वा फोनमा पनि उद्योग र मेरा बारेमा कुरा गरेका थिएनन् । कहिल्यै चन्दा पनि मागेका थिएनन्,’ निर्माण ब्यवसायी जिसीले भने, ‘नदी दोहनका आरोप व्यवसायिक इर्ष्यामा राजनीति मिसिएको पनि हुनसक्छ ।’

प्रकाशित : भाद्र २६, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?