कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषादीले वृद्धाको मृत्यु

लमजुङ — औषधी भनी किटनाशक विषादी सेवन गर्दा दोर्दी गाउँपालिका–४ नौथर शेराका ९२ वर्षीया चमाकु गुरुङको मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा नोभान नामक विषादीको खाली शिशि फेला पारेको छ ।

विषादीले वृद्धाको मृत्यु

घरपरिवारसंग बुझ्दा उडुस मार्न भन्दै उक्त विषादी ल्याएको र आँखा कमजोर अवस्थाका वृद्धाले छामछुम गर्दा विषादी भेटेपछि खाएको हुनसक्ने प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्तबहादुर रानाका अनुसार आइतबार बिहान साढे ८ बजेतिर उक्त पदार्थ सेवन गरेको हुनसक्ने र स्थानीय मेडिकलमा उपचारका क्रममा बिहान ९ बजेतिर वृद्धाको मृत्यु भएको हो ।


घरमा छोराबुहारी कोही घरमा नभएको समय ९६ वर्षीय पति नरबहादुर गुरुङसंगै उनी घरमै थिइन । पतिको पनि आँखा कमजोर रहेको प्रहरीले बताएको छ । पतिपत्नि नै आँखा राम्रोसंग नदेख्ने भएपछि अनुमानको भरमा छामछुम गरी औषधी खोजेको हुनसक्ने र उक्त पदार्थ परेको हुनसक्ने रानाले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?