कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढीगण्डकीमा मजदुर बेपत्ता

आरुघाट (गोरखा) — लार्के सडक निर्माणमा खटिएका एक मजदुर बूढीगण्डकीमा बेपत्ता भएका छन् । धार्चे गाउँपालिका–३ यारुवगरमा ट्युवको प्रयोगबाट बूढीगण्डकी तर्ने क्रममा पश्चिम रुकुम आठविसे–५ घर भएका २३ वर्षीय नेत्रबहादुर सार्की बेपत्ता भएको एसपी ओम अधिकारीले बताए ।

शुक्रबार दिउँसो बेपत्ता भएका सार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?