कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान 

प्रतिक्षा काफ्ले

(गण्डकी) — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् शुक्रबार बेलायत प्रस्थान गरेका छन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार प्रस्थान गरेको स्वकीय सचिव सुर्यप्रसाद गुरुङले जानकारी दिए । 

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान 

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारासहित आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुँदैछ । सोही मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुने छन् । तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुँदै आएको छ ।


बेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएनए बेलायतसहित विभिन्न नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ । बेलायत बसाईंको क्रममा एनआरएनए नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वतावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए ।


मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने निजी सचिवालयले जनाएको छ ।


प्रकाशित : भाद्र ६, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?