कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदाधिकारीको मिलोमतोमा वन फँडानी

नारायण शर्मा

नवलपरासी — सामुदायिक वन समितिका पदाधिकारीको मिलोमतोमा बिनयी त्रिवेणी गाउँपालिकामा करिब एक सय वटा रुख फँडानी भएको छ । विनयी त्रिवेणी गाउँपालिका–५ को पाल्देवी सामुदायिक वनको खगरा गाउँ नजिक स्थानीय वन समितिका पदाधिकारीको मिलोमतोमा रुख काटिएको वन कार्यालयको भनाई छ । 

पदाधिकारीको मिलोमतोमा वन फँडानी

‘बर्खामा विद्यालयका बन्द भएको मौकामा त्यहाँ करिब एक सय हरिया रुख फँडानी भएको छ,’ जिल्ला वन अधिकृत पूर्णेश्वर सुवेदीले भने, ‘खगरा गाउँमै त्यही सामुदायिक वनका सचिव र अन्य सदस्यको घर छ । उनीहरुले रुख काटिँदा चासो दिएको देखिदैन । वन कार्यालयमा यस्तो भयो भनेर खबर पनि गरेका छैनन् । वन करिब एक महिनाअघि देखि फँडानी भएको देखिन्छ ।’


उक्त क्षेत्र हेर्ने सव डिभिजन वन कार्यालयका अधिकृत अमृत ज्ञवालीले चलाखीपूर्ण तरिकाले त्यत्रो वन फँडानी हुँदा खबर समेत नगर्नाले सामुदायिक वनका पदाधिकारीको पनि संलग्नता देखिने आरोप लगाए ।


वडा अध्यक्ष र सामुदायिक वनका पदाधिकारीको समेत मिलोमतो वन फँडानी भएको प्रारम्भिक अनुसन्धानले देखिएको वन कार्यालयको दाबी छ । रुख काटिएर टुक्राटुक्रा पारेको र जेसिवी लगाएर भीरबाट तल खसालेका छन् । केही काठ लगेर बिक्रि गरिसकेको देखिएको छ । आइतबार साँझ वन कार्यालयका डिएफओको टोली पुग्दा गाउँका सबै अगुवाहरु भागिसकेको र घरमा बालबालिकामात्र भेटिएका थिए । फडाँनी गरिएकामा अधिकांश सालका रुख परेका छन् ।


फँडानीका बारेमा थप अनुसन्धान सुरु गरेको र संलग्न ब्यक्तिको खोजी भइरहेको वन कार्यालयले जनाएको छ । पहाडी भिरालो स्थानमा ५ सय क्युफिट भन्दा बढी हरिया रुख काटिएका छन् । रुख फँडानी भएको स्थान महेन्द्रराजमार्गको दुम्किबास बजारबाट करिब २७ किलोमिटर उत्तरमा पर्दछ ।


१९१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन समितिले ३ वर्षदेखि संरक्षण गर्ने भन्दै ढलापडा रुख समेत उठाएको छैन ।

प्रकाशित : श्रावण २७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?