कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणीमा हामफाल्ने महिलाको जीवितै उद्धार, २ बच्चाको मृत्यु

नारायण शर्मा

(नवलपरासी) — छोराछोरीसहित एक महिला नारायणी नदीमा हामफाल्दा दुबै बच्चाको मृत्यु भएको छ ।महिलाको जीवितै उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित नारायणीमा हाम्फालेकी हुन् ।


हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई बचाउन सकेनन् । उनी साढे २ वर्षको छोरा अविनास र डेढ महिनाकी छोरी निकितालाई लिएर हाम्फालेको स्थानीय प्रेमचन्द्र रौनियारले बताए ।


उद्धार गरिएकी सुधालाई जिल्ला प्रहरी कार्यालय कावासोती पुर्‍याइएको छ । सुधाका श्रीमान् नेपाल प्रहरीको जर्गाह गण (पश्चिम नवलपरासीमा) कार्यरत छन् । घटनाबारे गहिरो अनुसन्धान थालेको प्रहरीको दाबी छ ।

प्रकाशित : श्रावण २२, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?