कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विरोधपछि काठको टेन्डर रद्द

कान्तिपुर संवाददाता

नवलपरासी — सामुदायिक वनको काठ समितिका पदाधिकारीको मिलोमतोमा सस्तो दरमा बिक्री गर्न लागेको भन्दै स्थानीयले मध्यबिन्दु हरियाली सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेपछि समितिले टेन्डर रद्द गरेको छ । 

विरोधपछि काठको टेन्डर रद्द

समितिका पदाधिकारी, ठेकेदार र सेक्टर वन कार्यालयका कर्मचारीको मिलोमतोमा १० हजार ७ सय ३६ क्युफिट गोलिया र २२ चट्टा दाउरा बिक्री गर्ने सूचना गत असार २१ मा स्थानीय पत्रिकामा प्रकाशित गरिएको थियो ।


मिलेमतोमा सूचना प्रकाशन भएको भन्दै स्थानीयले समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । समितिको शुक्रबार बसेको बैठकले यसअघिको टेन्डर रद्द गरी नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।


स्थानीयले कति परिमाणमा काठ कुन मूल्यमा बिक्री गर्न टेन्डर आह्वान गरिएको हो भन्ने जानकारी माग्दा वन समितिले दिन नमिल्ने भन्दै सूचना नदिएपछि तालाबन्दी गर्न परेको उपभोक्ता तेजबहादुर केसीले जनाए । स्थानीय टेन्डर फर्म किन्न जाँदा कार्यालय सचिव शिशिर पण्डितले नदिएपछि स्थानियले मिलोमतोमा काठ दाउरा बिक्री गर्न लागेको भन्ने चाल पाएका थिए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?