कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ कर्मचारी घूससहित पक्राउ 

लालप्रसाद शर्मा

पोखरा — म्याग्दी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्यसहित चार जनालाई सेवाग्राहीबाट घूस लिएको आरोपमा अख्तियारले आइतबार पक्राउ गरेको छ । 

४ कर्मचारी घूससहित पक्राउ 

आचार्यसँगै कार्यालयका जिन्सी शाखा प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी साधन चालक भवदत्त जैसीलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।


रिजालका अनुसार आचार्य, रेग्मी र शर्माले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमको पेश्की फर्छ्यौट गरिदिने बहानामा एकलाख ३० हजार रुपैयाँ घूस मागेका थिए । सोही सूचनाका आधारमा गएको अख्तियार टोलीले उनीहरुलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित : श्रावण १२, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?