ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैंडाकोटमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ । 


गैंडाकोट नगरपालिका –२ मा ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही स्थान बस्ने ४० वर्षीय तिलचन्द्र अधिकारीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

प्रकाशित : असार १०, २०७६ ११:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मर्निङवाक हिँडेकाबाट सिक्री लुट्ने दुई पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — मर्निङवाक गरिरहेका महिलासँग भएको सुनको सिक्री लुटपाट गर्ने धरानका दुई युवालाई मंगलबार बिहान स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेहरुमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दैआएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।

उनीहरुले धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमले घाँटीमा लगाएको अढाइतोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । बिहान साढेपाँच बजेको समयमा मर्निङवाक गर्दै मेरिगोल्ड स्कुल नजिकै पुग्दा दर्लामी र राईले पछाडिबाट धक्का दिएर सुनको सिक्री लुटेपछि गौतम चिच्याउँदै लुटेराको पछि दौडेकी थिइन् । उनको पछि अरु पनि मर्निङवाक गर्दै हिडिरहेकाहरुले करिब पाचसय मिटरसम्म खेदाएर राई र दर्लामीलाई समातेर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीहरुले बताए ।

लुटेराहरुको साथबाट गौतमको सुनको सिक्री र दुईथान मोबाइल बरामद गरेको छ । प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धरानमा तीनसाता अघिमा श्रृङ्खलाबद्ध धरान–१५ को पुर्वाञ्चल ज्ञान चक्षु मार्ग, धरान–१६ गणेमान चोक र धरान १४ विजयपुर दरवार क्षेत्रमा मर्निङवाक गर्ने महिला र पुरुषहरुबाट सुनको सिक्री, औंठी लुटपाट भएकाे थियाे ।

प्रकाशित : असार १०, २०७६ ११:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×