कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुरीपीडितलाई जस्तापाता दिने सांसदको घोषणा

नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा हुरीले छानो उडाएका परिवारलाई सांसद विनोद चौधरीले एक सय बन्डल जस्तापाता सहयोगको घोषणा गरेका छन् । चौधरी फाउन्डेशनका अध्यक्ष उद्योगपति चौधरीले व्यक्तिगत तर्फबाट रंगीन जस्तापाता दुई दिनभित्रै उपलब्ध गराउने बताए ।

हुरीपीडितलाई जस्तापाता दिने सांसदको घोषणा

मंगलबार राति डेढ मिनेट आएको हावाहुरीले नगरको सीताबास, रामबास, मुन्डे, विशालटार र लक्ष्मीपुर क्षेत्रका दुई सयभन्दा बढी घरगोठको छानो उडाएको थियो । असिनापानीले खाद्यान्न र लत्ताकपडा भिजाउँदा स्थानीय मर्कामा परेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?