कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अबको युग प्रविधिमैत्री

स्याङ्जा — फेदीखोला गाउँपालिकाभित्रका २८ विद्यालय र ५ समुदायमा आधारित वाल विकास शिक्षकलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण दिइएको छ  । गाउँपालिकाद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै शिक्षाविद् विद्यानाथ कोइरालाले अब परम्परागत तरिकाले शिक्षामा सुधार सम्भव नहुने बताए  ।

‘कर्मकाण्डी तबरले प्राध्यापन गर्नुहुन्छ भने म आग्रह गर्छु सेवाबाट अवकाश लिनुहोस्,’ कोइरालाले भने, ‘अबका युग प्रविधिमैत्री हुन । तपाईं उत्पादनले गुणस्तरीय नतिजा कुनै पनि हालतमा प्राप्त गर्न सक्दैनन् ।’ वर्तमान पुस्ताका विद्यार्थी सुचना प्रविधिमा अब्बल भएकाले शिक्षकले पनि आफ्नो स्तरीयता बढाउँदै लैजानुपर्ने उनको भनाइ थियो ।


विगतका वर्षहरूमा राजनीतिक दलले शिक्षकलाई झण्डा बोकाउन, आन्दोलनमा होमिन सिकाएको यथार्थ भएपनि अब त्यही स्थितीलाई नदोहोर्‍याउन आग्रह गर्दै उनले फेदीखोलाले निर्माण गरेको स्कुल म्यानेजमेन्ट सफ्टयरको उद्घाटन् गरे । सफ्टवेयर प्रणाली अत्यावश्यक रहेको बताउँदै उनले शिक्षकले छलछाम गर्ने बाटो समाप्त भएको बताए ।


गाउँपालिकामा रहेका सबै विद्यालयको तथ्यांक, विद्यार्थी रेकर्ड, विद्यार्थी प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टेरमा रहने छ भने हरेक अभिभावकलाई मोवाइल एप्स प्रदान गरिनेछ । कार्यक्रममा सकरात्मक सोचका अभियन्ता प्रितम पौडेलले हुन्न र सकिन्न भन्ने सोचाईलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई आत्मसाथ गर्नुपर्ने बताएका थिए । ‘देश कसले बिगारे नेताले, शिक्षा कसले बिगारे शिक्षकले, बच्चा कस्ले बिगारे अभिभावकले, हाम्रो दिमागमा नकरात्मकताको प्रवाह मात्र छ’ पौडेलले भने, ‘देश सुधार्ने पनि हामी नै हो, शिक्षा सुधार गर्ने पनि हामी नै हो, यसरी दायित्वबोध गरियो भने समृद्धि कुनै ठूलो कुरा होइन ।’


गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले विशेषत शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेकाले गुणस्तरीयता र नतिजाउन्मुख हुन सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए । शिक्षालाई प्राथमिकता दिँदै दुई बर्षको अवधिमा भर्ना अभियान, हरेक विद्यालयमा दक्ष आईटी शिक्षकको व्यवस्था, सोलार प्यानलको व्यवस्थापन, स्थानीय शिक्षा ऐन निर्माण, छात्राको सहजताको लागि सेनिटरी प्याड वितरण, हरेक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, इ–लाइब्रेरीको विस्तार गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।


पुर्बधार बिकासमा प्रत्येक माबिमा कम्प्युटर ल्याबको ब्यबस्थापन गर्न ३५ लाख रकम बिनियोजन गरि त्यो बराबरको कम्प्युटर र अप्टिकल फाइबरको इन्टरनेट उपलब्ध गराएकोसमेत उनले जानकारी दिए । आर्थिक बर्ष ०७५/७६ बाट डिप्लोमा इन कम्प्युटर अध्ययन गराउन गाउँपालिकाको केन्द्रमा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा सिटीईभिटीबाट सम्बन्धन लिएको अध्यक्ष सुवेदीले जनाए ।


उनका अनुसार पूर्वाधार बिकासको लागि गाउँपालिकाले ३० लाख रकम विनियोजन गरी काम सम्पन्न भएको छ । यसै शैक्षिक सत्रबाट ४८ जनालाइ तीन वर्षे कोर्षमा पहिलो सेमेस्टरमा भर्ना लिइनेछ ।

प्रकाशित : वैशाख २५, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?