कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्याको अनुसन्धानमा दम्पती पक्राउ

आश गुरुङ

लमजुङ — दोर्दी गाउँपालिका २, अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । अर्चलबोटको लक्ष्मीनारायण मावि कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि अनुसन्धान भइरहेको हो । प्रहरीले दोर्दी-३ श्रीमञ्ज्याङका ४५ बषर्ीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई नियन्त्रणमा लिएको डीएसपी यादव ढकालले बताए ।

तनहुँको बाइसजँघारमा विहेभोजपछि बुवा काममा गएको र आमा किताव किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासंगै घर फर्केकी थिइन् । प्रहरी स्रोतका अनुसार अनिशालाई घर पुर्‍याएपनि राजकुमार घर नगई एक्ली अनिशासंगै बसेका थिए । घरभित्र रहेकी अनिशालाई जवर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन् । स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी स्रोतले बताएको छ ।

घटना गएको बैशाख ९ गते भएपनि हत्याजस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दम्पत्तिले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ । दम्पत्तीलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । दम्पत्तिविरुद्ध प्रहरीले कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको छ ।


प्रकाशित : वैशाख १५, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?