कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानिसको स्वास्थ्यका लागि पशुपन्छीलाई खोप

पशुपन्छीका कारण मानिसमा झन्डै ६१ प्रतिशत रोग संक्रमण हुने भएकाले खोपको सचेतना गरिंदै

तनहुँ — खोपको महत्वको चर्चा गर्दै जिल्लामा शनिवार विश्व भेटेरिनरी दिवस मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पहिलो पटक दमौलीमा दिवस मनाएको हो ।

मानिसको स्वास्थ्यका लागि पशुपन्छीलाई खोप

पशुपन्छीका कारण मानिसमा झण्डै ६१ प्रतिशत रोग संक्रमण हुने हुँदा खोपको प्रयोगबाट संक्रमणलाई न्यूनिकरण गर्न सकिन्छ भनि सचेतना फैलाउन यो वर्ष खोपको महत्व नारा कायम गरी विश्व भर यो दिवस मनाइएको छ ।

दिवसका अवसरमा पशुपन्छी विरामी परेमा तुरुन्त उपचार गरौं, आफुले पालेका पशुपन्छीलाई नियमित खोप लगाऔं, घाँसमा आधारित पशु पालन गरौं, पशुपन्छी पालन गर्दा जैविक सुरक्षा विधी अपनाऔं, पशुपन्छीको अधिकार कायम गरौं, रेविज रोगबाट आफु पनि बचौ अरुलाई पनि बचाऔं जस्ता नारा लेखिएका प्लेकार्ड सहित दमौलीमा सचेतना मुलक र्‍याली निकालिएको थियो ।

पशुविज्ञान कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थी, नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशन तनहुँ, तनहुँ अण्डा व्यवसायी संघ लगायत विभिन्न संघ संस्थारुको सहभागितामा गरिएको सचेतना मुलक र्‍यालीले दमौली बजारको परिक्रमा गरी पशु सेवा विज्ञ केन्द्रको कार्यालयमा आई सभामा परिणत भएको थियो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ पशुपालन, दुध तथा अण्डा उत्पादनको क्षेत्रमा अत्मानिर्भर हुँदै गएकाले यी व्यवसाय सञ्चालन गर्दा पशु तथा मानव स्वास्थ्यका विषयमा सबै सचेत बन्नुपर्ने बताए । वाग्लेले भने, ‘कृषकलाई व्यवसायीक रुपमानै पशुपन्छी पालनतर्फ अग्रसर गर्दै युवाको विदेश पलायन हुनुपर्ने बाध्यता कम गराउनु अहिलेको आवश्यकाता भएकाले व्यवसाय र उपभोक्तको सुरक्षामा संवेदशिलता तर्फ पनि ध्यान दिएमा उत्पादक र उपभोक्ता स्वास्थ्य र सुरक्षित हुन्छन् ।’

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पशुपन्छी पालना गर्दा स्वास्थ्य प्रति ध्यान नदिदा र मानिसले पशुपन्छीका मासु, अण्डा, दुध जस्ता वस्तु उपभोग गर्दा सावधानी नअपनाइदा विभिन्न रोगका संक्रमण हुने गरेको चर्चा गरे ।

मानिस प्रत्यक्ष, अप्रत्यक्ष रुपमा पशुपन्छीसँग जोडिने हुँदा मानिसमा नयाँनयाँ रोग देखा परिरहेको र तीमध्ये अधिकांश रोग पशुपन्छीबाटै संक्रमण भएका पाइकाले पशुपन्छी पालक र उपभोक्ता सचेत हुनुपर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुाका प्रमुख बालकुमार श्रेष्ठले बताए ।

पशुपन्छीबाट हुने संक्रमणलाई न्यूनिकरण गर्न तथा पशु र मानिसलाई स्वास्थ्य राख्न खोपको भूमिका अति महत्वपूर्ण भएकाले यस वर्ष ‘खोपको महत्व’ भन्ने नाराका साथ दिवस मनाइएको चर्चा गर्दै डा. श्रेष्ठले आफुले पालेका पशुपन्छीलाई समयमै रोग प्रतिरोधी क्षमताका खोप लगाउन आग्रह गरे ।

कृषकले आफ्नो पेशालाई व्यवसायिकता तर्फ लग्दै गर्दा उत्पादन र उत्पादकत्वको कुरा मात्र नगरी दुध, दही, माछामासु, अण्डा जस्ता वस्तुलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने तर्फ पनि ध्यान दिनुपर्ने तनहुँ अण्डा उत्पादक संघका अध्यक्ष रविन भुजेलले बताए ।

–सम्झना रसाइली

प्रकाशित : वैशाख १५, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?